आइतबार प्रि-ओपनिङ सेसनमा कुल ४० कम्पनीको शेयर कारोबार भएकोेमा ३२ कम्पनीको शेयरमूल्य बढेको छ । ४ कम्पनीको शेयर मूल्य घटेको बजारमा ४ कम्पनीकै शेयर मूल्य स्थिर रहेको छ ।
आज शेयर बजार परिसूचक नेप्सेमा १३.२९ अंकले बढेको छ । कारोबारमा आएका सबैजसो कम्पनीको शेयरमूल्यमा बढेपछि परिसूचकमा बढेकोहो । यससँगै नेप्से २ हजार ५१९ दशमलव ९७ बिन्दुमा पुगेको छ ।
प्रि–ओपनिङ सेसनमा ४० कम्पनीका ११ हजार ५७२ कित्ता शेयरहरु ७३ लाख ८६ हजार ६४१रुपैयाँमा किनबेच भएका छन्।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया