रिभर फल्स पावरले ३४ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्ने

0
Shares

रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणलाई प्राथमिक शेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।

कम्पनीले ३४ करोड ३० लाख रुपैयाँ बराबरको ३४ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

आइपीओ निष्काशन सम्बन्धी सम्झौतामा फाल्गुण २५ गते मंगलबार रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्र लाल श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर गरेका हुन ।

रिभर फल्स पावर लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २५ फाल्गुन २०७७, मंगलबार  १३ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।