नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एनएमबि बैंक र ज्योति विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेमा अनुसार मंगलबार एनएमबि बैंक र ज्योति विकास बैंकको गरि कूल २ करोड २२ लाख ७७ हजार ३७१ कित्ता बोनस शेयर सूचीकृत भएको हो । दुवै बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको बोनश सूचीकृत भएको हो।
जसमध्ये एनएमबि बैंकको १३ प्रतिशत अर्थात एक करोड ८७ लाख ८२ हजार ०७८ कित्ता बोनस ज्योति विकास बैंकको १० प्रतिशत अर्थात ३४ लाख ९५ हजार २९३ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
उक्त शेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया