राजनैतिक अस्थिरता गहिरिएपछि ‘पर्ख र हेर’ को अवस्थामा शेयर लगानीकर्ता

0
Shares

राजनीतिक अस्थिरताको असर शेयर बजारमा देखा परेपछि शेयर लगानीकर्ता ‘पर्ख र हेर’ को अवस्थामा पुगेका छन् । जसले गर्दा कारोबार रकमका साथै नेप्से सूचकमा गिरावट आउन थालेको छ ।

बजार घट्ने क्रममा मंगलबार २३.२२ अंकले घटेर २ हजार ४ सय ६१ दशमलब ८८ विन्दुमा झरेको छ । सर्वोच्च अदालतको फैसलापछि अबको राजनीतिक कोर्ष कसरी अघि बढ्छ भन्ने अन्योलताले पनि शेयर बजार प्रभावित भएको हो ।

४ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार बजारमा २१० कम्पनीको १ करोड २४ लाख ८२ हजार कित्ता शेयर किनबेच भएको छ । मंगलबार कारोबारमा आएका १३ उपसमूहमध्ये तीन उपसमूहको सूचक सकारात्मक रहेका छन् ।

बजार घटेपनि चन्द्रागिरी हिल्स, रैराङ हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर, हिमालय उर्जा विकास कम्पनी र युनाइटेड फाइनान्स कम्पनीको शेयर मूल्य दश प्रतिशतका दरले बढेको छ ।

यसदिन सपोर्ट माइक्रोफाइनान्स, महिला लघुवित्त वित्तीय संस्था, पोखरा फाइनान्स, नारायणी डेभलपमेण्ट बैंक, ग्लोवल आइएमई बैंक लगायतको शेयर मूल्य धेरै घटेको छ ।

मंगलबार शिखर इन्स्योरेन्सको सबैभन्दा धेरै ६५ करोड ३५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । शिखरको लाभांश लागि भोलि बुक क्लोज भएकाले आज उच्च कारोबार भएको हो।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

 

प्रकाशित मिति: २५ फाल्गुन २०७७, मंगलबार  १५ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।