
नेपाल टेलिकम सहित आधा दर्जन कम्पनीको आज लाभांश सुरक्षित गर्ने र साधारण सभाका लागि प्रतिनिधित्व जनाउन शेयर खरीद गर्ने अन्तिम दिन रहेको छ ।
नेपाल टेलिकम, स्वावलम्बन लघुवित्त, सिर्जना फाइनान्स, सबैको लघुवित्त, महिला सहयात्रा लघुवित्त र सिन्धु विकास बैंकले शुक्रबारदेखि आइतबारसम्म शेयरधनी दर्ता किताब बन्द गर्ने मिति (बुकक्लोज) तोकेका छन् । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीले मात्र सम्बन्धीत कम्पनीको लाभांश पाउनेछन् ।
यस साताको अन्तिम कारोबार दिन बिहीबार महाशिवरात्रिको सार्वजनिक विदा परेका कारण बुधबारसम्म कायम शेयरधनीहरुले मात्र सम्बन्धीत कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । यसअनुसार ती कम्पनीको लाभांश पाउन तथा साधारण सभामा प्रतिनिधित्व जनाउनका लागि फागुन २६ गते बुधबारभित्र शेयरधनी कायम भैसकेको हुनुपर्छ ।
सिन्धु विकास बैंकले शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ भने नेशनल माइक्रोफाइनान्ससँग प्राप्ती सम्झौता गरेका कारण महिला सहयात्रा लघुवित्तको शेयर कारोबार धितोपत्र बजारमा यसहघि नै कारोबार रोक्का रहेको छ । अन्य चार कम्पनीको बुधबारसम्म कायम रहने लगानीकर्ताले प्रस्तावित लाभांश पाउनुका साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।
यस्तो छ सम्बन्धीत कम्पनीको लाभांश, बुकक्लोज र साधारण सभाको विवरण:-
१. नेपाल टेलिकम
- लाभांशः प्रतिशेयर ४० रुपैयाँ
- बुकक्लोजः फागुन २८ गते शुक्रबार
- सधारण सभाः चैत १३ गते शुक्रबार (त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे)
२. स्वावलम्बन लघुवित्त
- लाभांशः १९.०१ प्रतिशत बोनस १ नगद गरी कुल २०.०१ प्रतिशत
- बुकक्लोजः फागुन २८ गते शुक्रबार
- सधारण सभाः चैत ११ गते बुधबार (अम्रपाली ब्यांक्वेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजे १९ औं वार्षिक साधारण सभा आह्वान)
३. सिर्जना फाइनान्स
- लाभांशः १३.५९ प्रतिशत बोनस ०.६८ नगद गरी कुल १४.२७ प्रतिशत
- बुकक्लोजः चैत १ गते आइतबार
- सधारण सभाः चैत १४ गते शनिबार (उद्योग संगठनको सभाकक्ष विराटनगरमा बिहान ११ बजे २० औं वार्षिक साधारण सभा आह्वान)
४. सबैको लघुवित्त
- लाभांशः १०.५० प्रतिशत बोनस ०.५५ नगद गरी कुल ११.०५ प्रतिशत
- बुकक्लोजः फागुन २८ गते शुक्रबार
- सधारण सभाः चैत १४ गते शनिबार (मस्र्याङ्दी रिभर भ्यु रिसोर्ट, बन्दिपुर ५, तनहुँमा बिहान ११ बजे चौथो वार्षिक साधारण सभा आह्वान)
५. महिला सहयात्रा
- लाभांशः १०.५० प्रतिशत बोनस ०.५५ नगद गरी कुल ११.०५ प्रतिशत
- बुकक्लोजः चैत १ गते आइतबार
- सधारण सभाः चैत १८ गते बुधबार (ओम अध्याय रिट्रिट रिर्सोट थाहा न।पा ६ मकवानपुरमा बिहान ११ बजे आठौँ वार्षिक साधारण सभा आह्वान)
६. सिन्धु विकास बैंक
- लाभांशः शुन्य
- बुकक्लोजः फागुन २८ गते शुक्रबार
- साधारण सभाः चैत ९ गते सोमबार (आगन्तुक रिसोर्ट बनेपा, काभ्रेपलाञ्चोकमा आह्वान गरिएको एघारौं वार्षिक साधारण सभा आह्वान)
थप समाचारहरु:-
- टेलिकमको साधारण सभा आह्वान, ४० रुपैयाँ पाउन १२०० लगानी गर्नुपर्ने !
- सिन्धु विकास बैंकले मर्जरमा जान सञ्चालक समितिलाई अख्तियारी दिने
- महिला सहयात्रा लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?
- सबैको लघुवित्त पनि मर्जरमा जाने, लाभांश पारित गर्न सभा आह्वान
- सिर्जना फाइनान्सले लाभांश पश्चात शेयर संरचना परिमार्जन गर्ने
- स्वावलम्बन लघुवित्तले लाभांश पारित गर्न डाक्यो साधारण सभा
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया