नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नबिल बैंक र अरुण काबेलीको बोनस शेयर सूचीकृत भएको छ ।
नेप्सेका अनुसार बुधबार नबिल बैंक र अरुण काबेली पावरको गरि कुल ३ करोड ४६ लाख ८३ हजार १ सय १६.२९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
जसमध्ये नबिल बैंकको ३३.५० प्रतिशत अर्थात ३ करोड ३८ लाख २६ हजार ६ सय १६.२९ कित्ता तथा अरुण काबेली पावरको ५.७१ प्रतिशत अर्थात ८ लाख ५६ हजार ५ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
नबिल बैंकको पुस २९ गते साधारण सभा भएको थियो । बैंकले साधारण सभा तथा लाभांस प्रयोजनका लागि पुस १५ गते बुक क्लोज मिति तोकेको थियो । उक्त बोनश बुक क्लजको अघिल्लो दिन सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र पाउनेछन् ।
स्तै अरुण काबेली पावरले मंसिर २२ गते साधारण सभा सम्पन्न गरेको थियो । अरुणले मंसिर १२ गते बुक क्लोज मिति तोेकेको थियो । शेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि दोश्रो बजारमा कारोबार गर्न सकिन्छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया