साताको तीनै दिन नेप्से ओरालो यात्रामा, कारोबार पनि घट्दै

0
Shares

यस साताको तीनवटै कारोबार दिनमा नेप्से ओरालो लागेको छ । आइतबार २१.५८ अंकले घटेको नेप्से सोमबार २३.२२ अंकले घटेकोमा बुधबार पनि ३.४० अंकले ओरोलो लागेको हो । सोमबार र बिहीबार सार्वजनिक विदा भएसँगै कारोबारमा आएका तीन दिनमा नेप्से ४८.१९ अंकले घटेको हो ।

यसअघि अघिल्लो साता पनि नेप्से १३१ अंक बढेकोमा १७८ अंकले घट्दा ४८ अंकले नै ओरोलो लागेको थियो। ऋघिल्लो साता पाँच कारोबारदिनमा तीन दिन घटेको नेप्से बिहीबार मात्रै ९० अंकले बढेपछि केही आशा पलाएपछि यो साता पनि नेप्सेमा पुरै दबाबको अवस्था देखा परेको हो ।

नेप्से सूचक मात्र होइन यस सातामा कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ५ अर्ब ५४ लाख रुपैयाँको शेयर कारोबार भएको बजारमा मंगलबार ४ अर्ब ७५ करोड २७ लाख बराबरको कारोबार भएकोमा बुधबार कारोबार रकम ४ अर्ब दश करोडमा खुम्चिएको छ ।

नेप्सेमा नजानिँदो किसिमले आएको गिरावट र कारोबार रकम पनि घट्दै गएकाले शेयर बजारमा रौनक पनि कम हुँदै गएको छ । केही अल्पकालीन लगानीकर्ताहरुले नाफा सुरक्षित गरी बाहिरिएका छन् भने बैंकिङ्ग प्रणालीमा खुम्चिँदो निक्षेप संकलन र आक्रमक रुपमा बढोत्तरी भएको कर्जा लगानीले ब्याजदर बढ्ने संकेत देखिएपछि शेयर बजारबाट लगानी विस्तारै बाहिरिन थालेको हो ।

बुधबार २०५ कम्पनीको ७८ लाख १६ हजार ८७४ कित्ता शेयर ४६ हजार ९४८ पटकको कारोबारबाट ४ अर्ब १० करोड ४ लाख ६ हजार ३३७ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

बुधबार कारोबारमा आएका १३ उपसमुहका सूचक मिश्रित देखिएका छन् । ७ उपसमुहको सूचक सकारात्मक रहेको बजारमा ६ वटा ऋणत्मक बनेका छन् । ब्यपार सूचक ८.१५ प्रतिशतले बढोत्तरी भएको बजारमा होटल तथा टुरिजम् २.२० प्रतिशत, अन्य र उत्पादनमुलक सूचक पनि करिब २ प्रतिशतले बढेको छ । वित्त, लगानी र जलविद्युतको इन्डेक्स सामान्य सकारात्मक रहेको छ ।

यसदिन निर्जीवन बीमाको इन्डेक्स सबैभन्दा धेरै १ प्रतिशतले घट्दा लघुवित्त, जीवन बीमा, बैंकिङ्ग, विकास बैंक, र म्युचुअल फण्डको सूचक पनि घटेका छन् ।

टेलिकमको शेयरमूल्य बढेर सर्वाधिक कारोबार

यसदिन लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको नेपाल टेलिकमको शेयरमूल्य बढेरउच्च कारोबार भएको छ । प्रतिशेयर ४० रुपैयाँ नगद लाभांश प्रस्ताव गरेपछि लाभांशमा लगानीकर्ताको असन्तुष्टिले घटेको कम्पनीको शेयरमूल्य बुधबार ३५ रुपैयाँ अर्थात २.७८ प्रतिशतले बढेर सबैभन्दा धेरै ५५ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यस्तै निफ २० करोड, अरुण भ्याली पौन १५ करोड, नेपाल इन्स्योरेन्स साढे १३ करोड, शिखर इन्स्योरेन्स साढे १२ करोड, पुनर्बीमा कम्पनी १२ करोड, नेको ११, नेपाल लाइफ साढे १० करोड, स्वावलम्बन लघुवित्त र अपि पावर कम्पनीको साढे ९ करोडको शेयर कारोबारमा आएको छ ।

Symbol Turnover Closing Price
As of 2021-03-10 15:00:00
NTC 557,083,887.00 1,295.00
NIFRA 207,125,154.00 531.00
AHPC 146,653,403.00 357.00
NICL 134,961,829.00 904.00
SICL 126,203,661.00 1,970.00
NRIC 120,206,278.00 1,410.00
NIL 111,375,895.00 1,628.00
NLIC 104,148,883.00 2,024.00
SWBBL 96,614,952.00 1,982.00
API 94,022,786.00 300.00

तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट

यसदिन चन्द्रागिरी हिल्स सहित घलेम्दी र नेपाल हाइड्रो डेभलोपर गरी ३ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । एनआरएन इन्फ्रास्ट्रक्चर, साल्ट ट्रेडिङ, लिवर्टी, बोटलर्स नेपाल तराई, माउन्टेन हाइड्रो नेपाल, सानिमा माई हाइड्रोपावर र छ्याङ्दी हाइड्रोपावरको शेयरमूल्य बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-03-10 15:00:00
CGH 804.00 73.00 9.99
GHL 144.00 13.00 9.92
NHDL 390.00 34.00 9.55
NRN 443.00 36.00 8.85
STC 11,199.00 900.00 8.74
LEC 319.00 24.00 8.14
BNT 9,019.00 534.00 6.29
MHNL 250.00 13.00 5.49
SHPC 357.00 17.00 5.00
CHL 199.00 8.00 4.19

तीन कम्पनीको मूल्य ४ प्रतिशतले घट्यो

यसदिन रैराङ हाइड्रोपावर, मिथिला लघुवित्त र शिखर इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशतले घटेको छ ।

अरुण भ्याली, महुली सामुदायिक लघुवित्त, सनराइज फस्ट, सगरमाथा इन्स्योरेन्स, एनआईसी एशिया ब्यालेन्स्ड फण्ड, मिर्मिरे माइक्रोफाइनान्स र लक्ष्मी लघुवित्तको शेयरमा लगानी गरेकाले पनि गुमाएका छन् ।

शेयर बजारको निरन्तर गिरावटसँगै लगानीकर्ताको सम्पत्ति मापक सूचक कुल बजार पूँजीकरण ३३ खर्ब ८७ अर्ब ३३ करोड ५६ लाखमा झरेको छ । गत बिहीबार बजार पूँजीकरण ३४ खर्ब ५३ अर्ब ७४ करोड ३६ लाख रहेको थियो । यस हप्तामा मात्रै लगानीकर्ताको सम्पत्तिको आकारमा ६६ अर्ब ४० करोड ८० लाख रुपैयाँले ह्रास आएको छ ।

Symbol LTP Point Change % Change
As of 2021-03-10 15:00:00
RRHP 332.00 -16.00 -4.60
MLBBL 1,525.00 -66.00 -4.15
SICL 1,970.00 -82.00 -4.00
AHPC 357.00 -13.00 -3.51
MSLB 2,300.00 -80.00 -3.36
SFMF 12.88 -0.37 -2.79
SIC 1,517.00 -43.00 -2.76
NICBF 11.25 -0.28 -2.43
MMFDB 1,480.00 -35.00 -2.31
ILBS 1,404.00 -31.00 -2.16

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २६ फाल्गुन २०७७, बुधबार  १५ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।