मोटो रकम सहित हुण्डी कारोबारी पक्राउ

0
Shares

नेपाल प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा पौन ८ लाख नगद साढे ७ लाख चेक सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं. ६ स्थित जय माँ अम्बे ट्रेडर्समा कार्यरत कर्मचारी जयराम राउत कुर्मीलाई नियन्त्रणमा लिएको हो ।

कुर्मीबाट स्रोत खुल्न नसकेको नेपाली ७ लाख ७५ हजार ४७० रुपैयाँ र भारतीय रुपैयाँ ७ हजार ४०० रुपैयाँ तथा निजको साथबाट बब्लु राजको नाममा जारी भएको नगद दुई लाख र राम प्रसाद पटेलको नाममा जारी भएको ५ लाख ६० हजार बराबर चेकहरु समेत बारामद गरिएको प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता ओम प्रकाश खनालले जानकारी दिए ।

हाल कलैया उपमहानगरपालिका वडा नं.२३ बस्ने अभियुक्त कुर्मी बारा जिल्ला साविक भतौडा गाविस वडा नं.८ का बासिन्दा हुन् । उनी उपर बैंक तथा वित्तिय ऐन, २०७३ विरुद्वको कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

साथै उक्त ट्रेडर्सका सञ्चालक हाल फरार रहेकोले निजको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा फागुन २५ गते बेलुका ५ बजे खटिएको प्रहरी टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ६ स्थित जय माँ अम्बे ट्रेडर्सबाट उनलाई अवैध वित्तीय कारोवार (हुण्डी) रकम सहित नियन्त्रणमा लिएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २७ फाल्गुन २०७७, बिहिबार  १० : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।