नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) नेपाल इन्भेष्टमेन्ट बैंकको १२ लाख कित्ता शेयर सूचिकृत भएको छ । 
नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्सलाई प्राप्ती गर्दाको १२ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
बैंकले फाइनान्सलाई १००ः३० को अनुपातमा प्राप्ति गरेको हो । जस अनुसार सिटी एक्सप्रेसको १०० कित्ता शेयर हुनेले नेपाल इन्भेष्टमेन्ट बैंकको ३० कित्ता शेयर पाउने छन् । उक्त शेयर डिम्याट खातामा आएपश्चात खरीदबिक्री गर्न सकिनेछ ।
नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट बैंकलाई सिटी एक्सप्रेस फाइनान्स गाभ्न गत मंसिर ८ गते स्वीकृत दिएको थियो ।
बैंकले फाइनान्सलाई प्राप्ती गरी माघ ११ गते आइतबारदेखि एकीकृत कारोबार सुरु गरेको थियो।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया