एनआईसी एशिया बैंकले मूल्य घटाउँदै शेयर बेच्दै

0
Shares

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको दुई कम्पनीको ७५ हजार कित्ता शेयर लिलामी मार्फत बिक्री खुला गरेको छ ।

बैंकले यसअघि बिक्रीमा ल्याइसकेको सबै शेयर बिक्री नभएपछि नागरिक लगानीकोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर पुन: लिलामीमा राखेको हो । बैंकले लिलामीमा राखेको शेयर सहज रुपमा बिक्री नभएपछि पटक पटक मूल्य घटाउँदै बिक्रीमा राख्न थालेको छ ।

बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता तथा नेशनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता शेयर चैत १ गतेदेखि लिलामीमा राखेको हो। लिलामीको शेयरमा चैत्र १ गते आइतबारदेखि चैत ६ गते शुक्रबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

बैंकले नागरिक लगानी कोषको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ५०४ रुपैयाँ तोकेको छ । त्यस्तै नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ४०४ रुपैयाँमा राखेको छ । यसअघि बैंकले पटक पटक शेयर लिलामीमा राखेको थियो । सबै शेयर बिक्री नभएपछि मूल्य घटाउँदै बिक्री गर्दै गर्न थालेको हो।

शेयर खरिद गर्न ईच्छुक शेयरधनीले एनआईसी क्यापिटल बबरमहल काठमाण्डौं, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर थापाथली, विराटनगर ३ मोरङ्ग, आदर्शनगर वीरगंज पर्सा, महेन्द्र पुल पोखरा, श्रवनपथ वुटवल, हस्पिटल लाइन धनगढी, र विरेन्द्रचोक सुर्खेतबाट बोलपत्र आवेदन फारम प्राप्त गर्न र आवेदन दिन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १ चैत्र २०७७, आइतबार  ०८ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।