शेयर बजारमा ५१ अंकको गिरावट, अपर तामाकोशीको उच्च कारोबार

0
Shares

साताको पहिलो दिन आइतबार नेप्से ५१ दशमलव २३ अंकले घटेर २४०७ विन्दुमा बन्द भएको छ। होटल तथा पर्यटन र जलविद्युत समूहमा सुधार आएको बजारमा अन्य बाँकी सबै समूह ओरालो लागेका छन् ।

२११ वटा कम्पनीको ९९ लाख ३ हजार ७ सय ४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । कारोबार रकम भने गत बुधबारको भन्दा बढी हो । गत बुधबार ४ अर्ब १० करोड रुपैयाँको शेयर कारोबार भएको थियो।

सबैभन्दा धेरै अपर तामाकोशीको ४४ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, निफ्राको २७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नबिल बैंकको २० करोड ६६ लाख, नेपाल लाइफको १९ करोड ६७ लाख र ग्लोबल आइएमई बैंकको १६ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भएको छ।

कारोबार भएका उपसमुह मध्ये दुई वटा उपसमूहको मात्र सूचक बढेको छ । होटल तथा पर्यटन र जलविद्युत बाहेकका सबै समूह घटेका छन्। होटल तथा पर्यटन समूह ६१ अंकले बढ्यो भने जलविद्युत समूह ४७ अंकले बढेको छ। बैंकिङ ३२, ब्यापार २१३, विकास बैंक ३७, फाइनान्स १८, निर्जीवन बीमा ३७४, उत्पादन ९६, अन्य ९६, माइक्रोफाइनान्स ९०, जीवन बीमा ४५३ र लगानी समूह २ अंकले घटेका छन्।

आइतबारको बजारमा चन्द्रागिरीको शेयर मूल्य सर्वाधिक धेरै ९ दशमलव ९५ प्रतिशतले बढेको । त्यस्तै, अपर तामाकोशीको पनि ९ दशमलव ८५ प्रतिशतले शेयर मूल्य बढेको छ । चन्द्रागिरीको शेयर मूल्य ८० रुपैयाँ बढेर प्रतिकित्ता ८८४ रुपैयाँ कायम भएको छ। त्यस्तै माथिल्लो तामाकोसीको मूल्य पनि करिब १० प्रतिशतले बढेको छ। सो कम्पनीको मूल्य प्रतिकित्ता ५८ रुपैयाँ बढेर ६४७ रुपैयाँ कायम भएको छ। पन्चकन्या माइ हाइड्रोपावर र घलेम्दी हाइड्रोको मूल्य पनि १० प्रतिशतले बढेको छ।

यसदिन हिमालयन पावर पार्टनरको शेयर मूल्य ९ दशमलव ८६ प्रतिशतले घटेको छ । त्यस्तै नेपाल हाइड्रो डेभलपरको शेयर मूल्य ७.९५ प्रतिशत, नेपाल टेलिकमको ६.५६ प्रतिशत, शिखर इन्स्योरेन्सको ६.५५ प्रतिशत र नेपाल इन्स्योरेन्सको ६.०८ प्रतिशतले शेयर मूल्य घटेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: १ चैत्र २०७७, आइतबार  १६ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।