नागरिक लगानी कोष (CIT) ले फागुन २१ गते शुक्रबारदेखि लिलामीमा राखेको साढे ३ लाख कित्ता सर्वसाधारण समूहको शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ।

कोषले हकप्रदमा बिक्री नभएको सर्वसाधारण समूहको ३ लाख ५४ हजार १५० कित्ता शेयर लिलामीमा राखेको हो । यसबाट कोषले न्यूनतम ३ करोड ५४ लाख १५ हजार प्रिमियम संकलन गर्नेछ । अहिले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ४ हजार १२० रुपैयाँ छ।
लिलामीको शेयरमा लगानीकर्ता (इच्छुक व्यक्ति तथा संस्था) ले चैत्र २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ ।लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताहरुले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौँ, नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौं तथा शाखा कार्यालयहरू मोरङ र कास्की तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
कोषले गत पुस २८ गते मंगलबार देखि माघ १९ गतेसम्म ८२ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । सो बेला बिक्री नभएको शेयर हाल लिलामी बिक्री गर्न लागिएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।












प्रतिक्रिया