सुनको मूल्य सोमबार स्थीर, चाँदी भने बढ्यो

0
Shares

चैत्र महिनाको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य स्थीर रहँदा चाँदीकोे भाउ भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलाको ८६ हजार ६०० रुपैयाँ, तेजावी ८६ हजार १५० रुपैयाँ र चाँदी १ हजार २७५ रुपैयाँ तोकिएको छ ।

गत शुक्रबारको तुलनामा आइतबार ४०० रुपैयाँले महङ्गिएको सुनको मूल्य सोमबार भने स्थीर बनेको हो । सोमबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

आइतबार चाँदी तोलाको १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २ चैत्र २०७७, सोमबार  ११ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।