महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य समायोजन

0
Shares

महालक्ष्मी विकास बैंक र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ । दुबै कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित बोनसको मंगलबार बुकक्लोज गरेसँगै नेप्सेले बोनस समायोजन गरी नयाँ मूलय तोकेको हो ।

नेप्सेका अनुसार महालक्ष्मी विकास बैंक (MLBL) को ८.८० प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता २६९ रुपैयाँ निर्धारण गरिएको छ । नेप्सेले सोमबार कारोबार भउको बैंकको अन्तिम मूल्यका २९३ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

यस्तै नेपाल हाइड्रो डेभलपर्स लिमिटेड (NHDL) को १५ प्रतिशत बोनस शेयर समायोजनपछि प्रतिकित्ता ३२५ रुपैयाँ निर्धारण भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ३७४ रुपैयाँका आधारमा बोनस समायोजन गरी नेप्सेले भाउ निर्धारण गरेको हो ।

यससँगै मंगलबार दुबै कम्पनीको समायोजित शेयरमूल्यका आधार मानेर शेयर कारोबार खुल्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ३ चैत्र २०७७, मंगलबार  ०९ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।