नेपाली बजारमा लगातार तीन दिन देखि सुनको मूल्य स्थीर रहेको छ । चैत्र महिनाको तेस्रो दिन मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य स्थीर रहेकोे हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य स्थीर भएपनि चाँदी भने तोलाको ५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलाको ८६ हजार ६ सय रुपैयाँ, तेजावी ८६ हजार १५० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २८० रुपैयाँ तोकिएको छ । सोमबार पनि सुनको कारोबार सोही मूल्यमा भएको थियो ।
सोमबार चाँदी तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया