
लागातार शेयरमूल्य घटेपछि शेयर बिक्री गर्ने लगानीकर्ताहरुको संख्यामा समेत कमी आउन थालेको छ। महङ्गोमा किनेको शेयर सस्तो मूल्यमा बिक्री गर्दा घाटा हुनेभएपछि शेयर धारक लगानीकर्ताले शेयर बिक्री गर्न छाडेका छन् । अर्कोतर्फ नयाँ लगानीकर्तामा पनि बजार अझै घट्छ कि भन्ने आशंकाका बीच बढेर शेयर खरीद गर्न नचाहँदा दिनप्रतिदिन नेप्सेमा कारोबार रकम घट्दो देखिएको छ ।
मंगलबार शेयर बजारमा सूचीकृत रहेका सस्ता जलविद्युत कम्पनीको शेयरतर्फ लगानीकर्ताको आकर्षण बढेको छ । जसले मंगलबार सस्तो शेयरमूल्य भएका जलविद्युत कम्पनीको मूल्य उच्च रुपमा बढेको छ ।
मंगलबार सबैभन्दा धेरे शेयरमूल्य बढ्ने शीर्ष दश कम्पनीभित्र ६ कम्पनी हाइड्रोपावर कम्पनीसँग सम्बन्धीत कम्पनी रहेको छ । होटल तथा टुरिजम्मा सूचीकृत चन्द्रागिरी हिल्स, ७ वटा जलविद्युत कम्पनी र एक लघुवित्त र एक सामुहिक लगानी कोषको इकाइको मूल्य मंगलबार सबैभन्दा धेरै बढेका छन् ।
शेयरमूल्य बढेका ७ जलविद्युत कम्पनीमध्ये ५ कम्पनीको मूल्य २०० रुपैयाँभन्दा कम रहेको छ । उच्च शेयरमूल्य बढेका दुई कम्पनीको मूल्य एक हजार रुपैयाँभन्दा धेरै छ । लगातार पाँच कारोबार दिनमा ११७ अंकले घटेको शेयर बजार सूचकमा मंगलबार झिनो (२.५६) अंकको सुधार आएको छ । यससम्गै नेप्से सूचक २३९१.७४ बिन्दुमा पुगेको छ ।
मंगलबार २१६ कम्पनीका ९० लाख १२ हजार ८५३ कित्ता शेयर ४६ हजार ५४० पटक खरीद बिक्री हुँदा कारोबार रकम ३ अर्ब ३७ करोड ५६ लाख ९९ हजार ३३९ रुपैयाँ पुगेको छ । नेप्से २ हजार ६४० बाट २५० अंक बढी घटेर २३८९ मा झरेसँगै बजारमा महङ्गो मूल्यमा शेयर खरीद गरेका लगानीकर्ताले घाटामा शेयर बिक्री गर्न छाडेका छन् । जसले नेप्सेमा दैनिक कारोबार रकम समेत घट्दै जान थालेको छ । सोमबार ४ अर्ब २४ करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएकोमा मंगलबार अघिल्लो दिनको तुलनामा ८७ करोड २८ लाख रुपैयाँले कारोबार घटेको हो ।

मंगलबार कारोबारमा आएका १३ समुहका सूचकमध्ये होटल तथा टुरिजम् समुहमा सूचीकृत चन्द्रागिरी हिल्सको मूल्य सर्किट लेबलमा बढेपछि सूचक पनि ३.३६ प्रतिशतले बढेको छ । जीवन बीमाको सूचक १.४६ प्रतिशतले बढोत्तरी भएको बजारमा लघुवित्त, उत्पादनमुलक, लगानी, बैंकिङ्ग, र फाइनान्सको इन्डेक्समा पनि समान्य सुधार आएको छ ।
कारोबारमा आएका ६ वटा समुहका सूचक ऋणात्मक रहँदा ब्यापार, जलविद्युत, अन्यमा १ प्रतिशतभन्दा धेरै गिरावट देखिँदा निर्जीवन बीमा, विकास बैंक र म्युचुअल फण्डको सूचक पनि सामान्य घटेका छन् ।
- नेपाल लाइफको बढेर उच्च कारोबार
यसदिन नेपाल लाइफको प्रतिकित्ता ३५ रुपैयाँ अर्थात १.७८ प्रतिशत बढेर उच्च कारोबार भएको छ । कम्पनीको ९९ हजार ७० कित्ता शेयर १९ करोड ३८ लाख ७९ हजार रुपैयाँमा खरीद बिक्री भएका छन् ।
अपर तामाकोशी १८ करोड ८५ लाख, निफ्रा १७ करोड २ लाख, नबिल बैंक १३ करोड ८९ लाख, नेशनल हाइड्रोपावर १२ करोड १६ लाख, र एचआईडिसीएलको १० करोड ५६ लाखको शेयर कारोबार भएको छ । एनआईसी एशिया बैंक, नेको इन्स्योरेन्स, ग्लोबल आइएमई बैंक, र पुनर्बीमा कम्पनी शीर्ष कारोबार हुने दश कम्पनीभित्र समेटिएका छन् ।
| Symbol | Turnover | Closing Price | |
|---|---|---|---|
| As of 2021-03-16 15:00:00 | |||
| NLIC | 193,879,884.00 | 1,997.00 | |
| UPPER | 188,529,644.00 | 636.00 | |
| NIFRA | 170,266,454.00 | 533.00 | |
| NABIL | 138,953,085.00 | 1,207.00 | |
| NHPC | 121,608,714.00 | 166.00 | |
| HIDCL | 105,605,610.00 | 350.00 | |
| NICA | 87,796,892.00 | 860.00 | |
| NIL | 79,558,198.00 | 1,585.00 | |
| GBIME | 78,250,977.00 | 421.00 | |
| NRIC | 75,807,580.00 | 1,377.00 | |
- पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट
मंगलबारको बजारमा पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन चन्द्रागिरी हिल्स, जोशी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, ग्रीन लाईफ हाइड्रोपावर र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यसदिन सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ को इकाई, एचआईडिसीएल, दिब्यश्वरी हाइड्रोपावर, युनियन हाइड्रोपावर, सपोर्ट लघुवित्तको शेयरमूल्य पनि ५ प्रतिशत धेरैले बढेको छ ।
| Symbol | LTP | Point Change | % Change |
| As of 2021-03-16 15:00:00 | |||
| CGH | 1,069.00 | 97.00 | 9.98 |
| JOSHI | 133.00 | 12.00 | 9.92 |
| GHL | 190.00 | 17.00 | 9.83 |
| GLH | 328.00 | 29.00 | 9.70 |
| KKHC | 128.00 | 11.00 | 9.40 |
| SIGS2 | 11.57 | 0.76 | 7.03 |
| HIDCL | 350.00 | 22.00 | 6.71 |
| DHPL | 124.00 | 7.00 | 5.98 |
| UNHPL | 125.00 | 7.00 | 5.93 |
| SMB | 1,889.00 | 103.00 | 5.77 |
- राष्ट्रिय बीमा कम्पनीको संस्थापकको मूल्य घट्यो
मंंगलबार राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयरको मूल्य सर्वाधिक घटेको छ । कम्पनीको मूल्य ८.८१ प्रतिशत अर्थात १ हजार ३६३ रुपैयाँ घटेर १४ हजार १०० रुपैयाँमा झरेको छ ।
पन्चकन्या माई हाइड्रोपावर, एभरेष्ट इन्स्योरेन्सको संस्थापक, राष्ट्रिय बीमा कम्पनीको मूल्य ३ प्रतिशतले घटेको छ । अरुण भ्याली हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआईबिएल प्रगति फण्ड, अपर तामाकोशी, नेपाल हाइड्रो डेभलोपर र सूर्योदय लघुवित्तको मूल्य पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
| Symbol | LTP | Point Change | % Change |
|---|---|---|---|
| As of 2021-03-16 15:00:00 | |||
| RBCLPO | 14,100.00 | -1,363.00 | -8.81 |
| PMHPL | 176.00 | -9.00 | -4.86 |
| EICPO | 387.00 | -19.00 | -4.68 |
| RBCL | 15,700.00 | -660.00 | -4.03 |
| AHPC | 322.00 | -13.00 | -3.88 |
| HPPL | 404.00 | -16.00 | -3.81 |
| NIBLPF | 11.57 | -0.43 | -3.58 |
| UPPER | 636.00 | -23.00 | -3.49 |
| NHDL | 314.00 | -11.00 | -3.38 |
| SLBS | 1,700.00 | -59.00 | -3.3 |
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया