ज्यालादर बढ्दा मूल्य वृद्धि घट्यो

0
Shares

चालु आर्थिक वर्षको माघ महिनामा मूल्य वृद्धि घटेर २.७० प्रतिशतमा झरेको छ । यो मुल्य वृद्धि गत आर्थिक वर्षको सोही अवधि र चालु आर्थिक वर्षकै पुसको तुलनामा पनि थोरै हो ।

चालु आर्थिक वर्षको पुस महिनामा उपभोक्ता मुद्रास्फीती ३.५६ प्रतिशत रहेको थियो । तर, गत आर्थिक वर्षको माघ महिनाको तुलनामा मूल्यवृद्धि उच्च दरमा घटेको छ । गत आवको सो अवधिमा मुद्रास्फीति ६.८७ प्रतिशत रहेको थियो ।

चालु आवको माघमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.०२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०७६ माघको तुलनामा २०७७ माघमा फलफूल, घ्यू तथा तेल, दाल तथा गेडागुडी र सुर्तिजन्य वस्तुहरुको मूल्यवृद्धि क्रमशः १८.८४ प्रतिशत, १८.१४ प्रतिशत, १०.४१ प्रतिशत र १०.४१ प्रतिशत रहेको छ ।

माघ महिनामा काठमाडौं उपत्यकामा २.१२ प्रतिशत, तराईमा २.७८ प्रतिशत, पहाडमा ३.३० प्रतिशत र हिमालमा २.०५ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ माघमा यी क्षेत्रहरुमा क्रमशः ७.५८ प्रतिशत, ७.२९ प्रतिशत, ५.४६ प्रतिशत र ५.२८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

२०७७ माघमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.१२ प्रतिशत रहेको छ । गत आवको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१३ प्रतिशत रहेको थियो ।
माघ महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ८.४१ प्रतिशत, ५.३३ प्रतिशत र ३.३९ प्रतिशत रहेको छ । चालु आवको माघमा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ६.२५ प्रतिशत रहेको छ ।

तर, २०७७ माघमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क १.७७ प्रतिशतले मात्र बढेको छ । गत आवको सोही महिनामा तलब तथा ज्यालादर सूचकाङ्क ७.५१ प्रतिशतले बढेको थियो । यो अवधिमा ज्यालादर सूचकाङ्क २.२७ प्रतिशतले बढेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ४ चैत्र २०७७, बुधबार  १० : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।