नक्कली भ्याट बील मार्फत ३ करोड राजस्व छली गर्ने विरुद्ध मुद्धा दायर

0
Shares


राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरी करिब तीन करोड रुपैयाँ राजस्व चुहावट गर्ने विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले नक्कली भ्याट बिल प्रयोग गरि एक करोड ८९ लाख २७ हजार ११२ रुपैयाँ राजस्व चुहावट गर्ने भरतपुर महानगरपालिका वडा.न २ स्थित सन्तोष लोहनी र सन्तोषी निमार्ण सेवा प्रालिका सञ्चालक तथा निर्देशक केशव राज कडेलसहित ३ जनाविरुद्ध मुद्धा दायर गरेको हो।

त्यस्तै भरतपुर २ स्थित सन्तोषी/रौताहा जेभी र सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालक/मुख्य कारोबारी केशवराज कँडेलसहित तीन जनाबिरुद्ध ९२ लाख ७७ हजार ४ सय ९० रुपैयाँ माग दाबी सहित चैत ३ गते नै अर्को मुद्दा दायर गरेको विभागले जनाएको छ ।

सन्तोषी/लोहनी र सन्तोषी निमार्ण सेवा प्रालिले आथिर्क प्रलोभन देखाई सर्वसाधारण व्यक्तिहरुको नागरिकता र सहीछाप दुरुपयोग गरी ती व्यक्तिहरुको नाममा राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

उल्लेखित कसुर अपराधमा संलग्न व्यक्तिलाई कसुर अपराधमा राजस्व चुहावट ऐन बमोजिम विगो रकम असुल उपर गरी जरिवाना र कैदको माग गर्दै मुद्धा दायर गरेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

 

 

प्रकाशित मिति: ५ चैत्र २०७७, बिहिबार  १८ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।