नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारण सभाले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गरेको छ ।
सभाले आ.व. २०७६।०७७ को नाफाबाट शेयरधनीहरुलाई २१ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांस गरि २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

सभाले प्रस्ताव पारित गरे पश्चात संस्थाको चुक्ता पूँजी २६ करोड ४० लाख ४५ हजारबाट बृद्धि भई ३१ करोड ९४ लाख ९४ हजार पुगेको छ ।
साथै संस्थाको सातौ वार्षिक साधारणसभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालकहरु निर्विरोध निर्वाचित भएका छन । सभाले नयाँ सञ्चालकमा नरेन्द्र प्रसाद छत्कुली र राम कुमार तिमल्सिनालाई निर्विरोध निर्वाचित गरेको छ ।
साथै साधारण सभाले आ.व.२०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाव लगायत अन्य वित्तिय विवरण सहित वार्षिक प्रतिवेदन पारित पारित गरेको छ ।
०७१ आषाढ १८ गते देखि सन्चालनमा आएको संस्थाले हालसम्म हिमाल, पहाड र तराईका गरि ६५ वटा शाखा कार्यालयहरु मार्फत संस्थाको पहुच विस्तार गर्दै देशका सातै प्रदेशका ४७ वटा जिल्लामा सेवा प्रदान गरेको छ । संस्थाले १ लाख ४ हजार भन्दा बढि विपन्न परिवारमा सेवा पुर्याएको छ । हालसम्म संस्थाको लगानीमा रहेको कर्जा ७ अर्ब २५ करोड तथा बचत १ अर्ब ९५ करोड भन्दा बढि सदस्यहरुवाट संकलन गर्न सफल भएको छ ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राम वहादुर यादवले निकट भविष्यमा संस्थाले ७७ जिल्लामा बित्तीय पंहुच पुर्याउने, आधुनिक प्रविधी मैत्री सेवा तथा ग्राहक सदस्यहरुमा उद्यमशिलता विकासका साथै बित्तीय साक्षरतामा बिशेष जोड दिने जस्ता कार्यक्रम संचालन गर्ने जानकारी गराए ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया