साना तथा मझौला उद्योगहरुको प्रवद्र्धनमा सिविफिन र परिसंघ

0
Shares

नेपाल उद्योग परिसंघ र बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल साना तथा मझौला उद्योगहरु प्रवद्र्धनमा जोड दिने भएका छन् ।परिसंघ र बैंक तथा वित्तीय संस्था परिसंघका नवनिर्वाचित पदाधिकारीहरुसँगको छलफलमा उक्त सहमति भएको हो । 

बैंक तथा वित्तिय संस्था परिसंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बुधबार उद्योग परिसंघको तर्फबाट सतिशकुमार मोरले थापाथलीमा कार्यालयमा स्वागत गर्दै “मेक इन नेपालः स्वदेशी” अभियानलाई परिसंघले अगाडि बढाई रहेको बताए ।

यस अभियानले नेपालमा स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउने र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्य सहित परिसंघले’ अभियान सुरु गरेको बताए । अभियानमा परिसंघले नेपालका निजी क्षेत्रका अन्य संघ संस्थाहरुसँग पनि सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

अध्यक्ष मोरले बैंक तथा वित्तिय क्षेत्रका धेरै विषयहरु परिसंघले उठाउँदै आएको र परिसंघका सुझावहरुलाई नेपाल राष्ट्र बैंकले सकारात्मक रुपमा लिई धेरै सुझावहरुलाई मौद्रिक नीति मार्फत सम्बोधन गरेको बताए । उद्योग र बैंक तथा वित्तीय संस्था एक अर्काको पर्याय भएकोले आगामी दिनमा पनि बैक तथा वित्तीय संस्था परिसंघ नेपालसँग उद्योग परिसंघले बैक तथा वित्तिय क्षेत्रका विषयमा सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

दुबै संस्थाको बीचमा हुने ठोस सहकार्यले मात्र उद्योग र बैंकिङ क्षेत्रको दिगो विकास तथा विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह हुने, देशमा औधोगिकरण तथा आर्थिक विकासमा योगदान पुग्ने र राष्ट्रको अर्थतन्त्र सबल एवं सक्षम हुने बताए ।

स्वागत कार्यक्रममा बोल्दै बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले आगामी दिनमा सिएनआई र सिविफिनले संस्थागत सहयोग र सहकार्यको कार्यलाई अगाडि बढाउने बताए ।

कतिपय अवस्थामा उद्योगमैत्री ऋण प्रवाहको व्यवस्था नभएको र उद्योग सञ्चालन भन्दा व्यापारमा ऋण प्रवाह सहजिकरण भईरहेको प्रसंग उल्लेख गर्दै दुबै संस्था मिलेर साना तथा मझौला उद्योगहरुको प्रवद्र्धनमा योगदान पु¥याउनु पर्ने धारणा गोल्यानको थियो ।

कार्यक्रममा उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल र उपाध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो भने सिविफिनको तर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, महासचिव केशवबहादुर रायमाझी र सचिव कुश प्रसाद मल्लीको उपस्थिति थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ५ चैत्र २०७७, बिहिबार  १९ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।