मिर्मिरे लघुवित्तको शेयरमूल्य समायोजन

0
Shares

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) को नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार शेयरमूल्य समायोजन भएको छ ।

लघुवित्तले चैत १८ गते आह्वान गरेको साधारण सभाका लागि आइतबादेखि शेयर दाखिल खारेजी (बुकक्लोज) गरेसँगै नेप्सेले मिर्मिरे लघुवित्तको बोनस समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।

नेप्सेले लघुवित्तको ९.१९ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ३७१ रूपैयाँ निर्धारण गरेको छ । बिहीबार कारोबार भएको अन्तिम कारोबार मूल्य १ हजार ४९७ रुपैयाँका आधारमा मूल्य समायोजन गरिएको हो ।

लघुवित्तले चैत्र १८ गते, बुधबार, पञ्चकन्या बैंन्क्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे दशौँ वार्षिक साधारण सभा बोलाएको छ ।

सम्बन्धीत समाचार शीर्षकहरु:-

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ चैत्र २०७७, आइतबार  ०८ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।