एनआईसी एशिया र स्वदेशी लघुवित्तको आजदेखि एकीकृत कारोबार सुरु

0
Shares

एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर सम्झौताको सात महिना पश्चात चैत ८ गते आइतबारदेखि एकीकृत कारोबार थालेको छ ।

दुई लघुवित्त बीच गत साउन ३२ गते एक आपसमा गाभ्ने।गाभिने सम्झौता भएकोमा चैत्र ८ गते आइतबारदेखि एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिमटेडको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो ।

दुई संस्था १००ः९४ को शेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) मर्ज भएका हुन् । मर्जरपश्चात बन्ने एकीकृत संस्थाको केन्द्रीय कार्यालय हाल स्वदेशी लघुवित्तको इटहरी उपमहानगरपालिका वडा न। ९ मा रहेको सुनसरी जिल्लामा रहनेछ ।

यसअघि गत माघ ४ गते सम्पन्न दुबै लघुवित्तको छुट्टाछुट्टै वार्षिक साधारण सभाले एक आपसमा गाभिने सम्बन्धमा अन्तिम पटक प्रस्ताव पारित गरेका थिए । दुबै संस्थाको सभाले भेरी नगरपालिका वडा नं. ४, जाजरकोट जिल्लामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तर कार्यक्षेत्र भएको एनआईसी एशिया लघुवित्तले इटहरी उपमहानगरपालिका वडा नं. ९ सुनसरीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तर कार्यक्षेत्र भएको स्वदेशी लघुवित्त वित्तीय संस्थालाई मर्ज गर्न अन्तिम स्वीकृती प्रदान गरेका थिए ।

त्यस्तै एकीकृत कारोबार सञ्चालन गर्नका लागि कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन २३ गते सो दिनसम्म दुबै संस्थाको कायम सम्पूर्ण सम्पत्ति, दायित्व तथा सम्भावित दायित्व समेत एकीकृत संस्था एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिमटेडले ब्वहोर्ने।सकार्ने गरी मर्जर कार्यका लागि अन्तिम स्वीकृति दिएको हो ।

एकीकृत कारोबारको लागि दुबै संस्थाको तथ्याङ्क एकीकृत (डाटा माइग्रेसन) गर्ने कार्यको लागि चैत्र ६ गते शुक्रबार दुवै संस्थाको सम्पूर्ण सेवा बन्द गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ चैत्र २०७७, आइतबार  १० : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।