.png)
साताको पहिलो दिन सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदीको व्यवसायी महासंघका अनुसार सुन तोलामा ५०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढोत्तरी भएको हो ।
यससँगै चैत ८ गते, आइतबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८७ हजार २०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ८६ हजार ७५० रुपैयाँ र चाँदी तोलाको १ हजार २८० रुपैयाँ भाउ निर्धारण गरिएको छ ।
शुक्रबार तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा खरीद बिक्री भएको थियो । शुक्रबार चाँदी तोलामा १५ रुपैयाँले घटेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया