दीर्घकालिन लगानीले सुधारको बाटोमा शेयर बजार

0
Shares

शेयर बजार घटेको मौकाछोपी दिर्घकालिन लगानी गर्नेहरु बढेपछि नेप्से सूचकसँगै कारोबारमा सुधार आएको छ । नेप्से सूचक र कारोबारमा सुधार आएपछि लगानीकर्ताको मनोबल समेत बढेको छ ।

गत फागुन ९ गते हालसम्मकै उच्च अंक २६४० मा पुगेको नेप्से अढाई सय अंकसम्म घटेर २३९० विन्दुसम्म झरेको थियो । बजार घट्दा लगानीकर्ताको मनोबल कमजोर हुँदा कारोबारमा तेजी आउन सकेको थिएन् ।

विस्तारै बजारले सुधारको लय समातेपछि कारोबार रकममा समेत वृद्धि आउन थालेको छ । यसले बजार सुधारउन्मुख रहेको विश्लेषण गर्न थालिएको छ । गत आर्थिक वर्षको लाभांशका साथै बजारबाट नाफा सुरक्षित गरिसकेका लगानीकर्ताले चालु आर्थिक वर्षको लाभांशलाई लक्षित गरेर समेत लगानी गर्न सुरु गरिसकेको आँकलन विश्लेषण हुन थालेको छ । अहिले शेयर किन्दा ६ महिनाभित्रै लाभांश पाउन सकिने हुँदा अल्पकालिन भन्दा दिर्घकालिन लगानीगर्नेहरु बजारमा सक्रिय हुन थालेको जानकारहरु बताउँछन् ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ६३.३८ अंक बढेर २५३८.४६ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ९.४४ अंक बढेर ४५३.५९ विन्दुमा पुगेको छ।

साताको पहिलो दिन आइतबार नेप्से ६३.३८ अंकले बढेर २ हजार ५३८ दशमलव ४६ अंकको विन्दुमा पुगेको छ । आइतबार २०६ वटा कम्पनीको १ करोड २४ लाख ३० हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९१ करोड ९८ लाख २४ हजार रुपैयाँको करोबार भएको छ ।

आइतबारको बजारमा सबैभन्दा धेरै नेपाल बङलादेश बैंकको ३९ करोड ९० लाख रुपैयाँको शेयर करोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल लाइफ इन्सुरेन्स र निफ्रा परेका छन् ।

यसदिन तीन कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेर सकारातम्क सर्किट लागेको छ । मिथिला लघुवित्त, स्वरोजगार लघुवित्त, सूर्योदय लघुवित्तको शेयर मूल्य १० प्रतिशतका दरले बढेको हो । सामुदायिक लघुवित्त, समिट लघुवित्त, चन्द्रागिरी, किसान लघुवित्त, स्वाभिमान लघुवित्त, युनाईटेड इदि मोर्दि, सबैको लघुवित्तको शेयर मूल्य ९ प्रतितशका दरले बढेको छ ।

आइतबारको बजारमा ग्रिन लाइफ हाइड्रोपावर कम्पनी र खानीखोला हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतले घटेको छ ।

यस दिन कारोबारमा आएका सबै उपसमूहका परिसूचक बढेका छन्। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ५.७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन होटल तथा पर्यटन उपसमूहको ५.३६ प्रतिशत, निर्जीवन बीमाको ४.५९ प्रतिशत र जीवन बीमाको ४.४४ प्रतिशत बढेको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

 

प्रकाशित मिति: ८ चैत्र २०७७, आइतबार  १६ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।