
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो १६९ औं संञ्चालक समितिको बैठकबाट राम बहादुर मानन्धरलाई सर्व-सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको छ ।
सो सम्बन्धमा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनासँग आजको औपचारिक कार्यक्रममा उनले अध्यक्ष पदको लागि सपथ ग्रहण गरे । तत्कालीन अध्यक्ष नरेश शाक्यको नेपाल राष्ट्र बैंक भित्र विभाग परिवर्तन भए पश्चात मानन्धरले क्लियरिङ्ग हाउसमा प्रतिनिधित्व गरेका हुन्।
नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्तीय कम्पनीबाट एक(एक जना प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया