
साताको दोस्रो दिन सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले सस्तिएको छ । आइतबार सुनचाँदी दुबैको मूल्य बढेकोमा सोमबार दुबैको भाउ घटेको हो ।
नेपाल सुनचाँदीको व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेको हो ।
यससँगै चैत ९ गते, सोमबारका लागि छापावाला सुनको भाउ प्रतितोला ८७ हजार रुपैयाँ, तेजाबी सुन प्रतितोला ८६ हजार ५५० रुपैयाँ र चाँदी तोलाको १ हजार २६० रुपैयाँ भाउ निर्धारण गरिएको छ ।
शुक्रबार तोलामा ५०० रुपैयाँले घटेर कारोबार भएको छापावाल सुन साताको पहिलो दिन आइतबार पुनः ५०० रुपैयाँले बढेर कारोबार भएको थियो । आइतबार छापावाल सुन प्रतितोला ८७ हजार २०० रुपैयाँ, तेजावी सुन प्रतितोला ८६ हजार ७५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा खरीद बिक्री भएको थियो । आइतबार चाँदी तोलामा ५ रुपैयाँले बढेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया