नेपाल प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँ अवैध नगद सहित आइतबार एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रौतहट कटहरिया नगरपालिका–१ बस्ने २५ वर्षीय मुकेश कुमार यादव रहेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्र.३–००२ प २३७२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा इनरुवाबाट खटिएको प्रहरीले मोटरसाइकल चालक यादवलाई उक्त स्रोत नखुलेको रुपैयाँ सहित फेला पारि पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी चौकी इनरुवाले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया