
दुई लघुवित्तको र एक विकास बैंकको मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन छ । तीन वटै कम्पनीको बोनसको बुकक्लोजसँगै शेयरमूल्य समायोजन भएको हो ।
स्टकका अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको हो ।
नेप्सेले ५ प्रतिशत बोनस शेयरलाई समायोजन गरी प्रतिकित्ता २०२ रूपैयाँ निर्धारण गरेको छ । नेप्सेले सोमबार कारोबार भएको अन्तिम कारोबार मूल्य २१२ रुपैयाँका आधारमा बोनसपछि मूल्य समायोजन गरेको हो ।
यस्तै डिप्रोक्स लघुवित्तको १५ प्रतिशत बोनस शेयरलाई समायोजन गरी प्रतिकित्ता प्रतिकित्ता १ हजार ७२० रूपैयाँ निर्धारण गरेको छ । नेप्सेले सोमबार कारोबार भएको अन्तिम कारोबार मूल्य १ हजार ९७८ रुपैयाँका आधारमा बोनसपछि मूल्य समायोजन गरेको हो ।
महुली लघुवित्तको पनि २० प्रतिशत बोनस शेयरलाई समायोजन गरी प्रतिकित्ता प्रतिकित्ता २ हजार १८८ रूपैयाँ निर्धारण गरेको छ । नेप्सेले सोमबार कारोबार भएको अन्तिम कारोबार मूल्य २ हजार ६२५ रुपैयाँका आधारमा बोनसपछि मूल्य समायोजन गरेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया