
प्रिमियर इन्स्योरेन्स लिमिटेड (PIC) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १९ करोड २३ लाख ३१ हजार ८८० रुपैयाँ लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
इन्स्योरेन्स सञ्चालक समितिको पुस २७ गते सोमबार सम्पन्न २९० औं सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पूँजीको ११.०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीले चैत्र २३ गते सोमबार कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा आह्वान गरेको २७ औं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि चैत्र ११ गतेदेखि चैत्र २३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ ।
यसअनुसार बुकक्लोजको अघिल्लो दिन अर्थात चैत्र १० गते मंगलबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने लगानीकर्ताले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न पाउनुका साथै साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया