आरम्भ चौतारीको साधारण सभा आह्वानः एक्वीजिशन र लाभांश अनुमोेदन मुख्य एजेण्डा

0
Shares

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) ले चैत ३१ गते मंगलबार पाँचौं वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको चैत ९ गते सम्पन्न सञ्चालक समितिको बैठकले पन्चकन्या बैंक्वेट बनेपा काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सभा आह्वान गरेको हो ।

सभाले बिपिडब्लु र देउराली लघुवित्तलाई १००ः९५ः९५ अनुपातमा प्राप्ति गर्ने विशेष प्रस्ताव अनुमोदन गर्ने भएको छ । यसअनुसार बिपिडब्लु र देउराली लघुवित्तको १० कित्ता शेयर हुने शेयरधनीले ९.५० कित्ता शेयर पाउनेछन् ।

बिपिडब्लु र देउराली लघुवित्त प्राप्तिपछि आरम्भ चौतारी लघुवित्तको संस्थापक साधारण शेयर संरचना ६३.६५ः३६.३५ बाट परिवर्तन गरी ६८.३०ः३१.७० हिस्सा कायम गर्ने प्रस्ताव रहेको छ ।

यसैगरी आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको २ करोड ३३ लाख १५ हजार १४८ रुपैयाँ (चुक्ता पूँजीको ८.८५ प्रतिशत) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्नेछ ।

त्यस्तै सभामा अध्यक्षको प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन र अन्त वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने र संस्थापक समुहका ४ जना तथा सर्वसाधारण समूह २ जना गरी ६ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुनेछ ।

सभामा सञ्चालक समितिमा संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका अन्य प्रस्ताव पनि रहेका छन् ।

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि लघुवित्तले चैत १८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार चैत १७ गते मंगलबारसम्म नेप्सेमा शेयर कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० चैत्र २०७७, मंगलबार  १३ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।