अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८० हजार घुस लिएको सव डिभिजन कार्यालय, कैलालीका रेञ्जर रामऔतार चौधरी र वन उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद रानाविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार ट्र्याक्टरका चालकसहित काठ बरामद गरेको सन्दर्भमा सो मुद्दा मिलाइदिन्छु भनी घुस लिएको पाइएको छ ।
आयोगको कार्यालय कञ्चनपुरबाट गएको टोलीले रेञ्जर चौधरी र सीताराम सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष रानालाई घुस रकमसहित केही दिन पहिले पक्राउ गरिएको थियो । आयोगले बिगोअनुसार कारवाहीको माग गर्दै उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया