नेपाल प्रहरीले बैङ्किङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उच्च अदालत पाटनको २०७७ फागुन १७ को फैसलाबाट छ दिन कैद र १९ लाख ९० हजार जरिवना ठहर भएपछि फरार रहेका काठमाडौँ जोरपाटीका ४० वर्षीय बुद्धिबहादुर तामाङलाई पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक गङ्गा पन्तले उच्च अदालत पाटनले बैङ्किङ कसूर मुद्दामा जरिवाना गरेपछि फरार रहेका तामाङलाई जोरपाटीबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ तामाङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै झुक्यानमा पारेर बैकिङ कसूरजन्य अपराध गरेका थिए ।
फैसला कार्यान्वयनका लागि पक्राउ तामाङलाई काठमाडौँ जिल्ला अदालत पेश गरेको प्रहरीले जनाएको छ । उच्च अदालतले बैङ्किङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिम सजाय गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया