नेशनल लाइफको ३० लाख ८२ हजार कित्ता बोनस सूचीकृत

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLICL) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार सूचीकृत भएको छ ।

नेप्सेका अनुसार कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट प्रस्ताव गरी ३२ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएको बोनस शेयर सूचीकृत भएको हो ।

साधारण सभाबाट चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने ३० लाख ८२ हजार ६२६ दशमलव ५३ कित्ता बोनस शेयर वितरण गर्ने प्रस्ताव अनुमोदन भएको थियो ।

यससँगै उक्त बोनस शेयर साधारणसभाका लागि बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कायम रहेका शेयरधनीले प्राप्त गर्नेछन् । उक्त बोनस शेयर आफ्नो डिम्याट खातामा प्राप्त गर्नसाथ सम्बन्धीत शेयरधनीले खरीद बिक्री गर्न सक्नेछन् ।

नेशनल लाइफ इन्स्योरेन्सको २०७७ माघ १५ गते बिहीबार सम्पन्न ३२ औं वार्षिक साधारण सभाले आ.व. २०७५/७६ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता १० प्रतिशत बोनस शेयर र एक करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँको नगद लाभांंश वितरण प्रस्ताव स्वीकृत गरेको थियो ।

उक्त साधारण सभाका लागि कम्पनीले माघ २ गते शुक्रबारदेखि माघ १५ गते बिहीबारसम्म बुकक्लोज गरेको थियो । यसअनुसार
माघ १ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ चैत्र २०७७, बुधबार  १५ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।