भन्सार विभागमा ६६० भन्सार एजेन्टको दरखास्त आह्वान

0
Shares

भन्सार विभागले ठूलो संख्यामा भन्सार एजेन्टको दरखास्त आह्वान गरेको छ ।  विभागले भन्सार एजेन्टको इजाजतपत्रका लागि अनलाइन प्रणाली मार्फत ६६० जनाको दरखास्त आह्वान गरेको हो । बीस वर्षदेखि नियुक्त हुन नसकेको एजेन्टको इजाजतका लागि सोमबार सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।

विभागका अनुसार २१ वर्ष उमेर पुगेका, मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक वा सो सरह उत्तीर्ण गरी कम्प्यूटर सम्बन्धी तालिम कम्तीमा ३ महिना लिएको हनुपर्नेछ ।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले चैत्र १६ गतेबाट २०७८ बैशाख ५ गतेसम्म अर्थात डबल दस्तुर तिरेर बैशाख १२ गतेसम्म आवेदन पेश गर्ने सकिनछ ।

आवेदन फारम विभागको वेभसाइटबाट प्राप्त गर्ने सकिने विभागले जनाएको छ ।

विभागका महानिर्देशक यमलाल भुसालले दुई दशकदेखि भन्सार एजेन्ट थप हुन नसक्दा एकैपटक ठूलो सङ्ख्यामा आवेदन माग गरिएको जानकारी दिए । उनका अनुसार भन्सार नियमावली, २०६४ को नियम ३७, उपनियम (१) बमोजिम भन्सार एजेन्टको इजाजतपत्रका लागि २१ वर्ष उमेर पूरा भई तोकिएको योग्यता पुगेका इच्छुक व्यक्तिले विभागको वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्नेछन् ।

परीक्षा केन्द्र काठमाडौँमा मात्र हुनेछ । दरखास्त भर्न दस्तुर तीन हजार लाग्ने विभागको भनाइ छ । २०७८ साल वैशाख ५ गतेसम्म दरखास्त दिने समय रहेको छ भने दोब्बर दस्तुर तिरी १२ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक उम्मेदवार स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ । कम्प्युटरसम्बन्धी कम्तीमा तीन महिनाको आधारभूत तालीम लिएको हुनुपर्नेछ ।

दुई दशकयता भन्सार एजेन्ट नियुक्त गर्न नसक्दा हाल १७० जना एजेन्ट मात्रै रहेका छन् । विभागले नयाँ माग गरेको एजेन्टका लागि लोकसेवा आयोगमार्फत लिखित तथा मौखित परीक्षा लिने तयारी गरेको छ । भन्सार एजेन्टका लागि आवेदन दिन बिए वा सो सरहको शैक्षिक योग्यता आवश्यक हुन्छ भने साधारण कम्प्युटर चलाउन सक्ने हुनुपर्छ ।

यसअघि भन्सार एजेन्टको अनुमतिपत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि परीक्षा रोकिएको थियो । अदालतले ऐनमा व्यवस्था गरेरमात्र परीक्षा लिनुपर्ने आदेश दिएको थियो । भन्सार विभागले ऐन परिमार्जन गरी परीक्षा लिन लागिएको जनाएको छ । भन्सार एजेन्टले आयात निर्यातमा व्यापारी र भन्सार कर्मचारीबीच पुलको काम गर्छन् ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ चैत्र २०७७, सोमबार  ११ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।