पञ्चकन्या फाउण्डेशन र अजिसबीच नीतिगत सम्झौता

0
Shares

पञ्चकन्या फाउण्डेसन र अजिसबीच नीतिगत सम्झौता भएको छ ।

वृद्धवृद्धाहरुको असाधारण जीवनगाथा र अनुभव उजागर गर्नको लागि उपयुक्त स्थान उपलब्ध गराउने उद्धेश्यले दुई संस्था बीचमा मिति २०७७ चैत ८ गते एक सम्झौता भएको हो ।

पञ्चकन्या फाउण्डेसन सामाजिक क्रियाकलापहरुमा सहभागी हुने एउटा संस्था हो जुन पञ्चकन्या ग्रुप अन्तर्गत निर्माण सामग्रीहरुको उत्पादन तथा विभिन्न व्यापारिक क्षेत्रमा सन् १९७२ देखिनै अग्रणी रुपमा रहँदै आएको छ ।

अजिस पनि एउटा सामाजिक क्षेत्रमा पाको उमेरका मानिसहरुलाई स्वस्थ तथा सुखमय जीवनयापन गर्नकालागि उनीहरुमा भएको ज्ञान, सीप र अनुभवलाई प्रबद्र्धन गर्न मद्दत पु¥याउने संस्था हो ।

साझेदारीको मुख्य उद्घेश्य भनेको युवा पुस्ता र वृद्धवृद्धाहरुबीचको पुस्तागत तथा सांस्कृतिक दूरी कम गर्नु र भविष्यमा समेत प्रचीन परम्परालाई निरन्तरता दिनको लागि सहयोग पु¥याउनु हो ।

यसको प्रत्येक श्रृङखलाले पाको उमेरका बुढापाकाहरुको असाधारण जीवनगाथा र व्यक्तिगत भोगाई बारेमा भावी पिढीलाई त्यसतर्फ प्रोत्साहित गर्न सहयोग गर्दछ । यसको प्रत्येक श्रृङखलाहरु नेपाली, नेवारी तथा अंग्रेजी भाषामा रेकर्ड गर्ने गरिएको छ ।

यसको विस्तृत जानकारी तथा सहयोगी बन्नको लागी सुन्न र सबस्क्रयाब गर्नका लागि अजिस पोडकास्ट एप डाउनलोड गर्नुहोस वा युट्युब, एप्पल पोडकास्ट, स्पोटीफाई, गुगल पोडकास्ट, ट्युनईन, तथा स्टिट्चरहरुमा उपलब्ध भई रहेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ चैत्र २०७७, सोमबार  १४ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।