सडक निर्माणको साढे ३७ लाख घुस खाने खतिवडा विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला झापा, विर्तामोड नगरपालिका वडा नं. ६ बुट्टाबारी बस्ने उमानाथ खतिवडा उपर ३७ लाख ५० हजार बिगो कायम गरी सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

तत्कालीन शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामका सिनियर डिभिजन इन्जिनियर सुवास बस्नेतले उपलब्ध गराएको बैंक खातामा पटक पटक गरी रकम दिएको भेटिएपछि आयोगले खतिवडाले विरुद्ध मुद्दा दायर गरेको हो ।  झापा गौरीगञ्ज गाउँपालिका तथा अर्जुनधारा नगरपालिकाको सडक निर्माण एवं थप काम गर्नको लागि सिनियर डिभिजन इन्जिनियर बस्नेतले उपलब्ध गराएको बैंकको खातामा खतिवडाले पटक–पटक गरी घुस/रिसवत वापत ३७ लाख ५० हजार रुपैयाँ जम्मा गरेका थिए ।

खतिवडाले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अनुसारको कसुर भएको आयोगले जनाएको छ ।

यसअघि बस्नेत सहित भएको घुस लिई भ्रष्टाचार गरेको कसुरमा विशेष अदालत काठमाडौंमा दायर भएको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजाय मागदाबीमा पूर्ण छुट दिई खतिवडा सरकारी साक्षीका रुपमा पेश गरिएका थिए ।

खतिवडाले वकपत्र गर्दा अनुसन्धानको सिलसिलामा गरेको बयान कागजको व्यहोरालाई अन्यथा हुने गरी प्रतिकुल वकपत्र गरेको भ्रष्टाचार मुद्दाका सम्बन्धमा अनुसन्धान हुँदा खतिवडाले बस्नेतलाई रकम दिएको भेटिएको आयोगले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ चैत्र २०७७, सोमबार  १८ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।