विजय लघुवित्त (VLBS) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूचीकृत भएको छ । नेप्सेका अनुसार लघुवित्तको ४ करोड २५ हजार ६५ हजार ९८५ रुपैयाँ बराबरको ४ लाख २५ हजार ६५९ दशमलव ८५ कित्ता शेयर सूचीकृत भएको हो ।
लघुवित्तले आ.व २०७६/७७ को नाफबाट वितरण गरेको चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर सूचीकृत गरेको हो । कम्पनीको पुस २९ गते सम्पन्न साधारण सभाबाट उक्त बोनस पारित गरेको थियो ।
लघुवित्तले लाभांश वितरण प्रयोजनका लागि पुस १७ गते बुकक्लोज मिति तोकेको थियो । यसअनुसार पुस १६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र उक्त बोनस शेयर प्राप्त गर्नेछन् ।
उक्त शेयर बुकक्लोज मितिसम्म कायम लगानीकर्ताको हितग्राही खाता (डिम्याट) मा आएपछि दोश्रो बजारमा किनबेच गर्न सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया