सूर्योदय लघुवित्त र सारथी नेपाल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
दुबै कम्पनीले बिहीबार साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि शेयरधनी दर्ता किताब बन्द गर्ने मिति तोकेकाले बुधबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहने शेयरधनीले मात्र लाभांश पाउनेछन् ।
गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सूर्योदय लघुवित्तले चुक्ता पूँजीको १५.३४ प्रतिशत र कर प्रयोजनार्थ ०.८० प्रतिशत नगद लाभांश तथा सारथी नेपाल लघुवित्तले चुक्ता पूँजीको ८.१३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको छ ।
लाभांश पारित गर्न सूर्योदय लघुवित्तले चैत ३१ गते मंगलबार सहयात्री पार्टी प्यालेस, गुडिखोला पुतलीबजार स्याङ्जामा बिहान ८ बजे आठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
यसैगरी सारथी नेपाल लघुवित्तले आगामी बैशाख ३ गते शुक्रबार होटल अरनिको, धुलिखेलमा बिहान ११ बजे बाह्रौं वार्षिक साधारण सभा बोलाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया