
सुनको मूल्य नेपाली बजारमा बुधबार घटेको छ । मंगलबार तोलाको ५०० रुपैयाँले घटेर कारोबार भएको सुनको भाउ बुधबार थप ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि मंगलबारको तुलनामा बुधबार तोलामा थप २० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ८५ हजार ६०० रुपैयाँ, तेजावी ८५ हजार १५० रुपैयाँ र चाँदी तोलाको १ हजार १९५ रुपैयाँ निर्धारण गरिएको छ ।
मंगलबार तोलामा ५०० रुपैयाँले घट्दै छापावाला सुन ८६ हजार रुपैयाँ, तेजावी ८५ हजार ५५० रुपैयाँ र चाँदी तोलाको १ हजार २१५ रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया