महिला सहयात्रा लघुवित्तको लाभांश पारित, दुई संचालक चयन

0
Shares

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक साधारण सभाले गत आर्थिक वर्षको प्रस्तावित लाभांश पारित गर्नुका साथै दुई संचालक चयन गरेको छ ।

चैत्र १८ गते बुधवार अध्याय रिट्रिट रिसोर्ट बज्रवाराही मकवानपूरमा सम्पन्न साधारण सभाले आ.व.२०७६/०७७ को नाफा र संचित मुनाफाबाट १० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

राष्ट्रिय स्तरको कार्य क्षेत्र र १३ करोेड ३१ लाख चुक्ता पूँजी रहेको यस वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिबेदन र सोहि अवधि सम्मको नाफा नोक्सान पारित गर्नुका साथै आ.व.२०७७/०७८का लागि लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभाबाट रिक्त २ जना सर्वसाधारण शेयरधनीका तर्फको संचालकमा सरिता श्रेष्ठ र दिपक नरसिंह श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यस वित्तीय संस्थाले २१ जिल्लामा ३४ वटा शाखा मार्फत अति दुर्गम र पिछडिएका समुदायलाई लघुवित्त सेवा प्रदान गर्र्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १८ चैत्र २०७७, बुधबार  १९ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।