
सुनको मूल्य नेपाली बजारमा बिहीबार एकैदिन तोलामा ९०० रुपैयाँले बढेको छ ।
मंगलबार र बुधबार तोलामा ९०० रुपैयाँले घटेको सुनको भाउ बिहीबार एकैदिन ९०० रुपैयाँले बढेको हो । यस्तै चाँदीको भाउ पनि बुधबारको तुलनामा १५ रुपैयाँले बढेको छ । बुधबार चाँदी तोलामा २० रुपैयाँले घटेर कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबरका लागि छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ५०० रुपैयाँ, तेजावी ८६ हजार ५० रुपैयाँ र चाँदी तोलाको १ हजार २१० रुपैयाँ निर्धारण गरिएको छ ।
बुधबारका छापावाला सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ, तेजावी ८५ हजार १५० रुपैयाँ र चाँदी तोलाको १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया