सानिमा जनरल इन्स्योरेन्सले अभिकर्तासम्बन्धी ३ दिने तालिम सञ्चालन गर्ने भएको छ ।
इन्स्योरेन्सले बैशाख ३ गतेदेखि ५ गतेसम्म निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्ने भएको हो । तालिम भचुर्अल (जुम मिडिया) बाट सञ्चालन हुने कम्पनीले जनाएको छ । तालिम बिहान १०ः०० बजेदेखि ५ः०० बजेसम्म सञ्चालन हुने छ ।
तालिममा सहभागी हुन चाहाने व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, पासपोर्ट साइजको फोटो ४ प्रति पेश गर्नुपर्नेछ । तालिममा सहभागी हुन चाहाने योग्यता पुगेका इच्छुक व्यक्तिले चैत्र ३१ गतेभित्र तोकिएको कागजात सहित कम्पनीको ईमेल ठेगानामा पठाउनु पर्ने छ ।
तालिम दस्तुर ५सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । उक्त दस्तुर कम्पनीको नविल बैंकमा रहेको खातामा जम्मा गरी सोको भौचर समेत कम्पनीलाई उपलब्ध गराउनु पर्ने छ ।
तालिम सम्बन्धी विस्तृत विवरण इमेल वा फोनमार्फत जनाकारी लिन सकिने कम्पनीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया