राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन समितिको शुक्रबारको बैठकले कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्नेलाई कडा कारवाही गर्न निर्देशन दिएको छ ।
संसदीय समितिले पछिल्लो समय बजारमा कृतिम अभाव सिर्जना गरि कालोबजारी गर्ने क्रम बढेको भन्दै सरकार मातहतका सबै विभाग तथा निकायलाई कालोबजारी गर्ने र कृतिम अभाव सिर्जना गर्नेहरुलाई कारबाही गर्न निर्देशन दिएको हो ।
समितिले यसअघि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधि व्यवस्था विभाग, भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई बोलाएर छलफल गरेको थियो । छलफलपछि चारवटै विभागका महानिर्देशकहरुलाई बैठकमा बोलाई कारबाही गर्न निर्देशन दिएको हो ।
समितिले उपभोक्ता हकहित र बजार व्यवस्थापनमा सुशासनको अवस्था कायम गर्न समेत निर्देशन दिएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया