रुरु जलविद्युतको आईपीओमा पहिलो दिनमै १२ गुणा बढी आवेदन

0
Shares

रुरु जलविद्युत परियोजना लिमिटेडले निष्काशनको गरेको साधारण शेयरमा ११.९८ गुणा बढी आवेदन परेको छ ।

शुक्रबार देखि साधारण शेयर जारी गरेको कम्पनीको शेयरमा पहिलो दिनमा नै सर्वसाधारणबाट माग भएको कित्ताको तुलनामा सो परिमाणमा शेयर माग भएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उपलब्ध गराएको तथ्याङ्क अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा २ लाख ९३ हजार ९७६ वटा आवेदन मार्फत ५४ करोड ५१ लाख ७ हजार २०० रुपैयाँ बराबरको ४५ लाख ४२ हजार ५६० कित्ताको शेयर माग भएको हो ।

कम्पनीले चैत २० गते शुक्रबार देखि सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर (आईपीओ) जारी गरेको हो ।

कम्पनीले कुल निष्काशित शेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीहरुलाई लागि सुरक्षित गरि ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन माग गरिएको थियो ।

आईपीओमा लगानीकर्ताले सिडिएससीको मेरो शेयर मोबाइल एप र वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट चैत २४ गते मंगलबारसम्म आवेदन दिन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० चैत्र २०७७, शुक्रबार  १७ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।