नागरिक लगानी कोषको लाभांश घट्यो , यस्तो छ प्रस्ताव

0
Shares

नागरिक लगानी कोष (CIT) को लाभांश अघिल्ला आर्थिक वर्षको तुलनामा घटेको छ । कोषले ८२ प्रतिशत हकप्रद जारी गरी पूँजीवृद्धि गरेपछि लगानीकर्ताले पाउने लाभांश पनि घटेको हो , ।

कोष सञ्चालक समितिको चैत २१ गते सम्पन्न २१३ औं बैठकले आव २०७६/७७ को नाफाबाट शेयरधनीलाई ९ प्रतिशत बोनस शेयर र ८.८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसअनुसार कोषले ३ अर्ब रुपैयाँको ९ प्रतिशतले हुन आउने २७ करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ८.८९४७ प्रतिशतले हुन आउने २६ करोड ६८ लाख ४२ हजार १०५ रुपैयाँ २६ पैसा नगद लाभांश वितरण गर्नेछ । कोषले चुक्ता पूँजीको कुल कुल १७.८९७४ प्रतिशत लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

अघिल्लो आव २०७५/७६ बाट कोषले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.१६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ चैत्र २०७७, आइतबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।