स्रोत नखुलेको ४३ लाख रुपैयाँ सहित नागढुङ्गाबाट एकजना पक्राउ

0
Shares

नेपाल प्रहरीले चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको ४३ लाख रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले दाङ तुल्सीपुर उपमहानगरपालिका–५ बस्ने ३७ वर्षीय सन्दिप कौशललाई शनिबार बिहान पक्राउ गरेको हो ।

तुल्सीपुरबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख ०९१२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यात्रु हिड्ने प्यासेजमा कार्टुनभित्र १ हजार दरका नोट ३ हजार ९ सय थान र ५ सय दरका नोट ८ सय थान समेत गरी उक्त रुपैयाँ र छड्के तिलहरिको पोते माला ९ थान फेला परेको थियो ।

प्रहरीका अनुसार थप अनुसन्धान गर्ने क्रममा उक्त नगद सन्दिपको भन्ने खुलेको र उक्त रकम दाङबाट भाइले पठाएको हो भन्दै लिन आएको अवस्थामा सन्दिपलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ चैत्र २०७७, आइतबार  १४ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।