अजोड इन्स्योरेन्स (AIL) ले अभिकर्तासम्बन्धी ३ दिने तालिम सञ्चालन गर्ने भएको छ ।
इन्स्योरेन्सले बैशाख ८ गतेदेखि १० गतेसम्म निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्ने भएको हो । तालिम भचुर्अल (जुम मिडिया) बाट सञ्चालन हुने कम्पनीले जनाएको छ । तालिम बिहान ७ः०० बजेदेखि ९ः०० र ११ः०० बजेदेखि ४ः०० बजेसम्म सञ्चालन हुनेछ ।
एसएलसी वा सो सरह परीक्षा उत्तिर्ण गरेका व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, पासपोर्ट साइजको फोटो ४ प्रति पेश गर्नुपर्नेछ । तालिममा सहभागी हुन चाहाने योग्यता पुगेका इच्छुक व्यक्तिले बैशाख ६ गतेभित्र तोकिएको कागजात सहित कम्पनीको ईमेल ठेगानामा पठाउनु पर्नेछ ।
तालिम दस्तुर ५ सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । उक्त दस्तुर कम्पनीको ग्लोबल आईएमई बैंक, थापाथलीमा रहेको खातामा जम्मा गर्नु पर्ने छ ।
तालिम सम्बन्धी विस्तृत विवरण इमेल वा फोनमार्फत जनाकारी लिन सकिने कम्पनीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया