रुरु जलविद्युत परियोजनाको आईपीओमा आवेदन दिने मंगलबार अन्तिम दिन रहेको छ ।
चैत २० गते शुक्रबारदेखि निष्काशन तथा बिक्री खुला भएको कम्पनीको आइपीओमा आज कार्यलय समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।
कम्पनीको आइपीओमा शनिबार सहित चार दिनमा १३ लाख बढी आवेदन परिसकेका छन् । सिडिएस एण्ड क्लियरिङ्गले उपलब्ध गराएको तथ्याङ्क अनुसार सोमबार साँझ ५ बजेसम्ममा १३ लाख ८ हजार ९८५ जनाले आवेदन गरेका छन् । सोमबार साँझसम्ममा १ करोड ८७ लाख ६५ हजार ६०० कित्ता शेयर माग भएको छ ।
कम्पनीले चैत २० गते शुक्रबारदेखि सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर ९आईपीओ० जारी गरेको हो ।
कम्पनीले कुल निष्काशित शेयरमध्ये सामूहिक लगानी कोष र कर्मचारीहरुलाई लागि सुरक्षित गरि ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुबाट आवेदन माग गरिएको थियो ।
आईपीओमा लगानीकर्ताले सिडिएससीको मेरो शेयर मोबाइल एप र वेवसाइट, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट चैत २४ गते मंगलबारसम्म आवेदन दिन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया