कुमारी बैंक र कैलाली हस्पिटलबीच सेवा शुल्कमा छुट सम्झौता

0
Shares

कुमारी बैंक र धनगढीस्थित कैलाली हस्पिटल प्राइभेट लिमिटेड बीच स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

कुमारी बैंक लिमिटेड सुदूरपश्चिम प्रदेशका प्रमुख दिपक खनाल र कैलाली हस्पिटल प्राइभेट लिमिटेडका जनक राज जोशीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता–पत्र अनुसार कैलाली हस्पिटल प्राइभेट लिमिटेडमा ओ. पि. डि., बेड चार्जेज, एक्स– रे, एन्डोस्कोपी लगायत विभिन्न स्वास्थोपचार सेवा शुल्कमा सेवाग्राहीले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने जनाइएको छ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९३ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ चैत्र २०७७, मंगलबार  ११ : २८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।