चार लाख घुस लिने वडा सचिव विरुद्ध आरोप पत्र दायर

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसंग घुस लिने वडा सचिव विरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

आयोगले का.म.न.पा. वडा नं. ३० का वडा सचिव भरत कुमार पोखरेल विरुद्ध आरोपत्र दायर गरेको हो ।

पोखरेलले निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग ४ लाख रुपैयाँ घुस माग गरेका थिए । सोही सूचना एवं उजुरीका आधारमा आयोगको टंगालबाट गएको टोलीले पोखरेललाई ४ लाख घुस रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

अनुसन्धानको क्रममा पोखरेलले घुस लिई भ्रष्टाचार गरेको पुष्टि हुन आएपछि आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २४ चैत्र २०७७, मंगलबार  १७ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।